arrow

स्वास्थ्य चौकी र विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
school-coronal-health-kit.jpg

स्याङ्जा । नेपाल विद्यार्थी संघ स्याङ्जा काठमाडौं सम्पर्क समितिले वालिङ–११ मा क्यारेमबोर्ड, कापी–कलम हरू, मास्क, सेनिटाइजर र अक्सिमिटर वितरण गरेको छ । वालिङ–११ पेखुस्थित गणेशमान स्मृति प्राथमिक विद्यालयलाई ४ थान क्यारेमबोर्ड, दर्जनौं कापी–कलमहरू सहित मास्क र सेनिटाइजर, पेखुकै नगर स्वास्थ्य केन्द्रलाई १ थान अक्सिमिटर, मास्क, सेनिटाइजर र वालिङ–११ धनपुर टापुस्थित स्वेक स्वास्थ्य चौकीलाई २ थान अक्सिमिटर, मास्क र सेनिटाइजर वितरण गरेको छ । 

साथै १२ घरमा साबुन र मास्क पनि वितरण गरेको छ। सरकार जनता भन्दा पनि सत्ता जोगाउन व्यस्त रहेको बेला आफूले सानै भए पनि सहयोग गर्न पाउँदा त्यसले कसैको जीवन रक्षामा केही सहयोग हुन्छ कि भन्ने आशा र विश्वासका साथ सहयोग गरेको समितिका सभापति इन्जिनियर दिपेन्द्र क्षेत्रीले बताए । 

सरकारलाई  जनताको जीवनप्रति संवेदनशील हुन क्षेत्रीले आग्रह गरे । उनले गणेशमान स्कुललाई हस्तान्त्रण गरेको ४ थान क्यारेमबोर्ड, कापी र कलमहरू काठमाडौं–१४ नं वडा, कलंकी निवासी नेपाली कांग्रेसका युवा नेता महेश रायमाझीद्धारा सहयोग गरिएको जानकारी दिँदै उनीप्रति विद्यालय व्यवस्थापन समिति र सम्पर्क समिति हार्दिक आभारी र कृतज्ञता व्यक्त गरिएको बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारकबहादुर थापा (कृष्ण) ले नेविसंघ स्याङ्जा–काठमाडौं सम्पर्क समितिले यस्तो विषम परिस्थितिमा पनि अग्रसर रहेर जनताप्रति उत्तरदायी हुँदै यस्ता सामाजिक कार्यमा लागेको देख्दा खुलेर प्रशंसा गर्न मन लागेको बताए । 

क्षेत्रीले आउने दिनमा पनि समितिले अझै सशक्त रुपमा समाजसेवामा लाग्न प्रतिबद्द रहेको भन्दै आफ्नो कार्यसमिति र यो अभियानमा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सबैमा हार्दिक आभार प्रकट गरे । 

उक्त वितरण कार्यक्रममा वालिङ–११ नेपाली कांग्रेस पार्टी सचिव सुरेश अर्याल, वालिङ–११ तरूण दल सभापति नरेन्द्र पराजुली, त्रिनेन्त्र क्लब सुर्कौदींका अध्यक्ष विशाल पंगेनी,  युवा समाजसेवी लक्ष्मण विश्वकर्मा (जिदान), तरूण नेता विश्वास पंगेनी लगायतको उपस्थिति रहेको थियो । 

सम्पर्क समितिले गणतन्त्र दिवसको दिनमा पनि विभिन्न संघ संस्थाहरू, अस्पतालहरूलाई मास्क, सेनिटाइजर र अक्सिमिटर वितरण गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ