arrow

तनहुँमा जेठ मसान्तसम्म लकडाउन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
Tanahu-hamrakura.jpg.jpeg

तनहुँ । तनहुँमा लकडाउनको समय सीमा बढाइएको छ । कास्कीमा जस्तै तनहुँमा पनि जेठ मसान्तसम्म लकडाउन लम्बिएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति तनहुँको बैठकले जोखिम अझै नघटेको र समुदाय सङ्क्रमणसमेत बढेको भन्दै लकडाउन बढाएको हो । 

लकडाउन लम्ब्याउन सिफारिस आएपछि प्रशासनले आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्रागत बरालले जानकारी दिए ।

यस अवधिमा ५ बजेदेखि ९ बजेसम्म मात्रै अत्यावश्यक सेवा सञ्चालनमा गर्ने र अत्यावश्यक सेवा सञ्चालन गरेकालाई अनिवार्य पिसिआर र एन्टीजेन परीक्षण गर्ने सिफारिस पनि बैठकले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ