arrow

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा रमेशको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २३ आइतबार
accident-tanahu.jpg

पोखरा । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं. ३ देउराली नगरका २८ वर्षका रमेश श्रेष्ठ रहेका छन् । श्रेष्ठ मोटरसाइकलको पछाडि सवार थिए । उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाका अनुसार सो दुर्घटनामा सोही ठाउँ निवासी मोटरसाइकल चालक सागर थापा गम्भीर घाइते भएका छन् । उनको पोखरामा उपचार भइरहेको छ । 

व्यास नगरपालिका वडा नं. ३ स्थित देउराली नगरमा शनिवार राति ९ बजे मोटरसाइकल दुर्घटना भएको हो । व्यास नगरपालिका वडा नं. ५ पाटनबाट ऋषिङ १ झापुटार जाँदै गरेको ग११प ५५०४ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । 

दुर्घटनाको कारण खुल्न सकेको छैन । यद्यपि तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ