arrow

नेविसंघबाट कोभिड उपयोगी स्वास्थ्य सामाग्री हस्तान्तरण

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ जेठ २३ आइतबार
nsu-health-kit.jpg

स्याङ्जा । कोरोना सङ्क्रमणले थलिएका स्थानीय तहलाई नेपाल विद्यार्थी सङ्घले कोभिड उपयोगी स्वास्थ्य सामाग्री वितरण गरेको छ । 'कोभिड १९ विरुद्धको लडाई मा नेपाल विद्यार्थी सङ्घको साथ' अभियान अन्तर्गत गल्याङ् नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । 

हरेक विपद्मा सहयोगी बन्दै आएको काँग्रेसको भातृ सङ्गठन नेविसंघ कोरोना सङ्क्रमणको महामारीमा पनि स्वास्थ्य सामाग्री उपलब्ध गराएर सहयोगी भावना साटेको छ । नेविसंघका पूर्व केन्द्रीय सदस्य गुरुप्रसाद भट्टराईको पहलमा नेविसंघका केन्द्रीय महासचिव युवराज पाण्डेको सक्रियतामा गल्याङ् नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । 

नगर प्रमुख भूपराज अधिकारीले यो स्वास्थ्य सङ्कटमा युवा विद्यार्थीहरूको साथ र सहयोगको आवश्यकता रहेको भन्दै यसको निरन्तरताको आवश्यकता रहेको बताए । विद्यार्थी समाजका कर्णधार भएको संज्ञा दिँदै नगर प्रमुख अधिकारीले यो सङ्कटमा राजनीति भन्दा माथि उठेर सामाजिक सेवा भावमा रहन सबै पक्ष सँग आग्रह गरे । 

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस गल्याङ्का नगर सभापति एव नेका महासमिति सदस्य श्याम प्रसाद बस्याल, न.का. महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ, गल्याङ् नपाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, नेपाली काँग्रेस महिला विभाग सदस्य खगिसरा भण्डारी, गल्याङ-३ का वडा अध्यक्ष महेश भट्टराई, नेपाल तरुण दल स्याङ्जाका सचिव चन्द्र राना, नेपाली काँग्रेस गल्याङ-४ का वडा सभापति ढाकाराम न्यौपाने, नेपाल तरुण दल गल्याङ्का अध्यक्ष  कृष्ण भट्टराई, न.वि.सङ्घ पाल्पाका सचिव सुभाष गैह्रे लगायतको सहभागितामा सामाग्री हस्तान्तरण गरिएको नेविसंघले जनाएको छ । 

पल्स अक्सिमिटर -३ थान, पिपिई-७ सेट, डिजिटल थर्मामिटर तीन थान, फेस सिल्ड-१५ थान, गगल्स-५ थान, के.एन र सर्किजल मास्क गरी-८०० पिस, कोभिडसँग सम्बन्धित औषधीहरू -१ कार्टुन लगायतका कोभिड १९ का लागि उपयोगी सामग्रीहरू उपलब्ध गराएको छ । पूर्व नेविसंघ केन्द्रीय सदस्य तथा काँग्रेस महाधिवेशन प्रतिनिधि गुरु भट्टराईले स्वास्थ्य सङ्कटमा कुनै पनि नागरिकले उपचार नपाएर मर्न बाध्य हुने समस्या सिर्जना नगर्न नेपाल सरकार र स्थानीय सरकार सँग अनुरोध गरे । यसका लागि नेविसंघ जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै सरकार सँग यो विपद्मा हातेमालो गर्न तयार रहेको भट्टराईले बताए ।

 कोरोना सङ्क्रमितको सङ्ख्यामा न्यून रहे पनि निधन हुने सङ्ख्यामा भने जिल्लाका ११ पालिका मध्ये गल्याङ् अगाडी भएकाले नेविसंघले पहिलो प्राथमिकता दिएर कोभिड उपयोगी सामाग्री वितरण गरेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ