arrow

अस्पतालका शय्या हुन थाले खाली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
banke-camp.jpg

बाँके । पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । 

यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् ।  

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ । 

कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी  भएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ