arrow

'जनप्रतिनिधिसँग इच्छाशक्ति भए कोभिड उपचार निःशुल्क गर्न सकिन्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
khim-thapa.JPG

स्याङ्जा । केही स्थानीय तहले पैसा कमाउने समयको रूपमा प्रयोग गरिरहेका बेला स्याङ्जाको काली गण्डकी गाउँपालिका अध्यक्ष खिम थापाले भने जनप्रतिनिधिसँग इच्छाशक्ति भए कोभिड उपचार निःशुल्क गर्न सकिने बताउँछन् ।

कोभिडको दोस्रो भेरिएण्टको जोखिमलाई मध्यनजर गर्दै गाउँ गाउँमा परीक्षणको दायरा पुर्‍याउनु भएका थापाले हाम्रा कुरा डटकमसंग  कुराकानीमा जनतालाई समस्या पर्दा जनप्रतिनिधि बढी संवेदनशील भएर लाग्नुपर्ने बताइका हुन् । 

गत फागुन १० गते देखि काली गण्डकी सात मिर्मीमा सञ्चालनमा आएको  काली गण्डकी अस्पताललाई हाल कोभिड अस्पताल बनाएर निःशुल्क उपचार हुँदै आएको छ । हालसम्म २३ जना कोभिड बिरामीको भर्ना गरेको अस्पतालबाट २० जना निको भएर घर फर्किएका छन् भने ६ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ । त्यस्तै उपचारको क्रममा एवम् रेफरकै अस्पतालमा भर्ना भएका मध्य ६ जनाको मृत्यु भएको छ ।

गाउँ गाउँमा आयुर्वेदिक औषधि सहितको स्वास्थ्य टोली परिचालन गरेका थापाले उक्त अस्पतालमा छुट्टाछुट्टै स्थानमा कोभिड र नन कोभिड दुवै सेवा सञ्चालन गर्दै आएका छन्। एक जना डाक्टर कोभिड उपचारको लागि छुट्टै परिचालन गरिएको छ भने नन कोभिडको लागि छुट्टै एक जना डाक्टर गरी जम्मा २३ जना स्टाफ कार्यरत अस्पतालले कोभिडको समय खर्च धान्न गाह्रो भए पनि कोभिड उपचार भने निःशुल्क गर्दै आएको छ ।

३६ शय्याको बेड सहितको अस्पताल सञ्चालन गर्ने उद्देश्य साथ हालसालै गाउँपालिकाले सुरु गरेको अस्पतालले कोभिड निःशुल्क गर्दा स्याङ्जाका केही स्थानीय तहले भने अस्पताल खर्च धान्न मुस्किल भएको भन्दै मनग्ये पैसा लिँदै आएका छन् । अस्पतालले गत आइतबारदेखि सरकारी स्वास्थ्य बिमाको कार्यक्रम समेत थप गरी अस्पतालको सेवालाई थप प्रभावकारी बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ