arrow

रहेनन् पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोला 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
yagyaraj-banstola.png

पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ ।  उनको बुधवार राति पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।  बास्तोला लामो समय पत्रकारितामा क्रियाशील थिए ।
 
पत्रकार बाँस्तोला दुई साता अघि कोरोना संक्रमित भएका बाँस्तोलाको दुई साता अघि पोखराको रिजनल अस्पतालमा उपचार भएको थियो ।  जेठ २५ गतेपछि भने चरक मेरोरियलमा उपचार भइरहेका थियो । उपचारकै क्रममा उनको निधन भएको हो । कास्कीको पुरन्चौरमा जन्मिएका बाँस्तोलाका श्रीमती, ३ छोरा र एक छोरी छन् । 

यसैबिच नेपाल पत्रकार महासङ्घ कास्कीले अग्रज पत्रकार बाँस्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ । सङ्घकी अध्यक्ष विमला भण्डारीले बाँस्तोलाको निधनले नेपाल पत्रकार महासङ्घ र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएकी छन् ।

यस्तै, पत्रकार बाँस्तोलाको निधनप्रति स्वतन्त्र पत्रकार सङ्घ नेपाल कास्की शाखाले दुःख व्यक्त गरेको छ । सङ्घका अध्यक्ष असफल गौतमले एक शोक विज्ञप्ति जारी गर्दै पत्रकार बाँस्तोलाको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । 

बास्तोला नेपाल पत्रकार महासङ्घ कास्कीका सदस्य एवं स्वतन्त्र पत्रकार सङ्घ नेपालका संस्थापक सदस्य हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ