arrow

यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टले त्रिशुली अस्पताललाई आईसीयू बेड दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
help-arjun-narasingh-kc.jpg

नुवाकोट । यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टले त्रिशुली अस्पताललाई आईसीयू बेड दिने भएको छ । ट्रष्टले बिहीबार जिल्लाका म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकालाई ३–३ थान गरी अक्सिजन कन्सन्टेटर ९ थान, माक्स १० हजार, पीपीई २५ थान दिएको हो । 

ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीको उपस्थितिमा सम्वन्धित स्थानिय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरुलाई ट्रस्टका अध्यक्ष डा. केदार नरसिंह क सीले एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन् । यसअघि बुधबार मात्र दुप्चेश्वर गाउँपालिकामा ३ थान कन्सन्टेटर र पीपीई प्रदान गरिएको थियो ।

सामाजिक कामलाई राजनीतिसँग जोड्नु हुँदैन, मानव जगतमा परेको यो महामारीमा सबैलाई सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने मुल मान्यता राखी कोभिड महामारीमा अग्रणी मोर्चामा आफुलाई उभ्याएको ट्रस्टले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेका देउराली प्राथमिक स्वास्थ्य केन्द्र, खरानीटार अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ककनीमा २ महिनासम्म दैनिक ५–५ थान अक्सिजन सिलिन्डर उपलव्ध गराइरहेको छ । 

साथै खरानीटार अस्पतालका स्वास्थ्यकर्मीहरुको लागी सर्जिकल माक्स, प्राथमिक स्वास्थ्य केन्द्र देउरालीलाई २५ सय थान सर्जिकल माक्स र सेनिटाइजर तथा त्रिशुली अस्पतालमा ५ हजार सर्जिकल माक्स र एन नाइन्टिफाइभ पाँच सय थान उपलव्ध गराइसकेको जनाएको छ । 

साथै जिल्लाको एकमात्र पुरानो अस्पताल त्रिशुली अस्पताललाई दुई आईसीयू बेड उपलब्ध गराउने पत्र पनि सोही अस्पतालका प्रमुखलाई हस्तान्तरण गरियो । ट्रष्टका महासचिव जगदीश्वर नरसिंह केसीले सहयोगी विभिन्न संस्थाहरुलाई धन्यवाद दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ