arrow

शनिबार पोखराका आधा भूभागमा विद्युत सेवा अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
nepal-bidhut-pradhikaran.jpg.jpeg

पोखरा । पोखराका आधा भूभागमा आज विद्युत सेवा अवरुद्ध भएको छ । आज(शनिबार) बिहान १० बजेदेखि अवरुद्ध विद्युत सेवा साँझ ६ बजेमात्र सुचारु हुने नेपाल विद्युत प्राधिकारणले जनाएको छ ।

प्राधिकरणको पोखरा वितरण केन्द्रले दिएको जानकारी अनुसार आज रामबजार फिडर र फेवा फिडर अन्तर्गतका क्षेत्रमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको हो । 

केन्द्रले दिएको जानकारी अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ११ केभी लाइन निर्माण गर्नका लागि रामबजार फिडर अन्तर्गत क्षेत्रका विद्यतु सेवा अवरुद्ध हुन लागेको हो । 

यस क्षेत्र अन्तर्गत पोखराको औधोगिक क्षेत्र, चाउथे, बेलचौतारा, वीरेन्द्रचोक, रामबजार, काजीपोखरी, हवेलीमार्ग, वडा नं। १५, ढुंगेसाँघु, वन क्याम्पस, महतगौंडा, फेदीपाटन, दोविल्ला, गलेश्वर चोक, छिनडाँडा, भोटेचौतारा। गोर्खा भिलेज, खाल्टेमसिना, ढुम्रेडहर, ड्याम्पिङ साईड, वडा नम्बर १० र १४ को एरिया छन् ।

यस्तै, रुख काट्नु पर्ने भएका कारण फेवा फिडर अन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको केन्द्रले जनाएको छ । फेवा फिडर अन्तर्गत पुम्दीभुम्दी, कालावाङ, चापाकोट, पामे, घाटिछिना, सिदाने, हर्पन खोला, चैनपुर क्षेत्र रहेका छन् ।



नयाँ