arrow

डेब्यु खेलमै फिनल्याण्डलाई ऐतिहासिक सफलता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
euro-2020-finland-denmark.jpg

काठमाडौं । युरोकप फुटबलको इतिहासमा पहिलो पटक सहभागीता जनाउन पाएको फिनल्याण्डले डेब्यु खेलमै सफलता हासिल गरेको छ । शुक्रबार रातिदेखि शुरु भएको १६ औं संस्करणको युरोकप फुटबलमा फिनल्याण्डले विजयी शुरूआत गरेको हो । 

कोपनहेगनमा शनिबार राति भएको खेलमा डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले सुखद शुरूआत गरेको हो । फिनल्याण्डलाई ऐतिहासिक जित दिलाउन जोएल पोहनपालोले निर्णायक गोल गरेका हुन् । 

उनले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए । यो खेलमा अताल्लिएको डेनमार्कले पेनाल्टीमा गोल गर्ने अवसर समेत खेर फालेको थियो । 

७४ औं मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए । फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा इमिलले पेनाल्टी हान्ने अवसर पाएका थिए । 

फिनल्याण्डले खुशीयाली मनाउँदा डेनमार्कले भने दुःखद घटनाको सामना गर्नु परेको छ । डेनमार्कका विंगर खेलाडी क्रिस्टियन एरिक्सन अचेत भएर मैदानमा ढलेका थिए । 

खेलको ४३ औं मिनेटमा एरिक्सन अचेत भएका थिए । उनको आकस्मिक उपचारपछि एरिक्सनको होश खुलेको थियो । उनको स्वास्थ्यमा सुधार आएपछि रोकिएको खेल दुवै टिमसँगको छलफलपछि अगाडि खेल्न सम्भव भएको थियो । 

फ्यान र पूर्व खेलाडीहरुले भने आफ्नो खेलाडी गम्भीर भएको अवस्थामा पनि खेल अगाडि बढाइएकोमा आक्रोश पोखेका थिए । 

एरिक्सनको अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य स्थीर रहेको अस्पतालले बताएको छ । 

यो खेलपछि समूह बी मा बेल्जियम शीर्ष स्थानमा रहेको छ । बेल्जियमले रुसलाई शनिबार राति नै ३–० गोल अन्तरले हरायो ।

लुकाकुको दुई गोलले बेल्जियमको शानदार शुरूआत 

दोस्रो स्थानमा फिनल्याण्ड छ । डेनमार्क तेस्रो तथा रुस पुछारमा छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ