arrow

भालुपहाडमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७८ जेठ ३० आइतबार
bhalu-pahad-pahiro.jpg

स्याङ्जा । शनिबार रातिदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाउँपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड अवरुद्ध भएको हो । 

गत वर्षदेखि बिना मापदण्ड भालुपहाडमा राजमार्ग फराकिलो बनाउन खनिएका कारण पहिरो गएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र अधिकारीका अनुसार राति २ बजे ठूलो पहिरो गएको छ । 

पहिरो गएपछि राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन् । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक अधिकारीले बताए ।

भालुपहाडमा नयाँ वर्ष शुरु भएयता दुईपटक ठूलो पहिरो गइसकेको छ । अझै वर्षायाममा ठूलो समस्या हुने देखिएको बताइएको छ । अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको बताइएको छ । 

बिहान ११ बजेसम्म सडक खुल्ने प्रहरीले बताएको छ । बिना मापदण्ड सडक चौडा बनाउने नाममा राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको यातायात व्यवसायीहरु बताउँछन् । 

आउने वर्षाद्मा भालुपहाडको पहिरो पाल्पाको सिद्धबाबा जस्तै बन्ने त होइन भन्ने चिन्तामा स्याङ्जावासी रहेका छन् । 

शनिवार रातिदेखि परेको अबिरल वर्षाले भालुपहाड बाहेक अहिलेसम्म कुनै विपद्को अप्रिय घट्ना भने नभएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ