arrow

तनहुँमा थपियो लकडाउन : बैङ्क, बजार र वर्कसप खुल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
Tanahu-hamrakura.jpg.jpeg

तनहुँ । तनहुँ प्रशासनले तनहुँमा लकडाउन थप एक साता लम्ब्याएको छ । पछिल्लो पटक थप गरिएको लकडाउनको अवधि सोमबारबाट सकिँदै थियो । यसअघि खोल्न नदिइएका पसल खोल्न पाउनुका साथै केहीको समय थप गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले गरेको सिफारिसका आधारमा अब बैङ्क तथा वित्तीय संस्था बिहान १० देखि दिउँसो एक बजेसम्म खुल्नेछ ।

तर अति आवश्यक परेकालाई मात्र सेवा उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

अब तनहुँमा मोबाइल पसल तथा सवारी साधन मर्मतका वर्कसप पनि खुल्न पाउने भएका छन् । तर त्यसका लागि बिहान ५ देखि १० बजेको समय तोकिएको छ । 

यसअघि खुल्दै आएका अत्यावश्यकीय सामानका पसल पनि अब बिहान १० बजेसम्म खोल्न पाइने भएको छ । अन्य व्यापार व्यवसायका हकमा भने कुनै थप निर्णय नभएको प्रशासनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ