- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । बडीमालिका नगरपालिका वडा नं सातका अगुवा कृषक बलबहादुर रोकायाको जहान परिवारको जीवन आलु खेतीले धानेको छ । उनको घरपरिवारको आलु खेतीबाटै घर खर्च, लुगा कपडा, र बालबालिकाको पढाई खर्च चलेको छ । यति मात्र हैन ढम्कलेका अर्गानिक आलु बिक्री गरेर सदरमुकाममा घर–घडेरीको पनि व्यवस्था गरेका छन् । आलु व्यवसायबाट बलबहादुरले मात्र हैन ढम्कनेका असी बढी परिवारले मनग्य आम्दानी गरेका छन् । प्रतिपरिवारले वार्षिक एकसे क्वन्टिरल भन्दा बढी आलु फलाउँछन् । प्रति परिवारले वार्षिक कम्तीमा चार लाख रुपैयाँ कमाउँछन् ।
एक बोरा जौ गहुँ फल्ने ठाउँमा १२ बोरा आलु फल्छन् । आलु छोडी किन जौ लगाऊ छन् बडिमलिका नगरपालिका वडा अध्यक्ष धर्मराज पाध्यायले भने । आलुलाई व्यावसायिक गर्न र कृषि सुधार कार्यक्रम अन्तरगत आलु ब्लक, गोठे मल व्यवस्थापन र आलु समूहलाई क्रेटर लगायत आवश्यक औजार दिएका छौँ अध्यक्ष पाध्यायले थपे । उनले भने गत वर्ष मात्र ढम्कनेको अर्गानिक आलु पोखरा काठमाण्डौं लगायतका देशका मुख्य शहरमा पठाएका हौँ ।आलुलाई व्यावसायिक खेतीको लागि सरकारले आधुनिक जर्सी गाई पालन र आलु भण्डारण कोल्ड स्टोरको व्यवस्था गरिदिए हुन्थ्यो कृषक गोरख धामीले भने । जिल्ला भित्र पनि ढम्कनेको आलु बिजका रूपमा प्रयाग बढ्दै आएको छ । प्रतिकिलो ९० देखि एकसे रुपैयाँ सम्म घरमै किन्न आउँछन् । भण्डारण गर्न सके मनग्य आम्दानी लिन सकिन्थ्यो ढम्कनेका काल्चे सार्कीले भने । ढम्कने त अर्गानिक आलु खेतीको एक प्रतिनिधिमूलक उदाहरण मात्र हो ।
यति बेला बाजुराका अधिकांश किसानका खेतबारीमा आलुका बोट लटरम्म देखिन्छन् । जिल्ला भरी पकेट क्षेत्र निर्धारण गरी व्यापक रूपमा आलु खेती गरिएका छ । बाजुरामा स्याउ पछिको राम्रो सम्भावना भएको बाली आलु खेतीलाई लिइन्छ ।
वर्षे आलु १३७५ हेक्टर र हिउँदे आलु ६ सय हेक्टर गरी १९७५ हेक्टरमा आलु खेती गरिन्छ । यो जिल्लामा औसत १९ हजार मेट्रिक टन आलु उत्पादन हुन्छ । उत्पादित आलुलाई विगत दश वर्ष अघि बाजुराको खाद्यान्न बालीका रूपमा लिइन्थ्यो । पहिले गाउँमा जाँदा आलु र महीको खाना खाइन्थ्यो ।तर, अहिले मान्छेमा भाते जिब्रो आदत बनेपछि तरकारीका रूपमा लिने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले भने । जहाँ बाजुरामा वार्षिक ५हजार म्याट्रिक टन खाद्यान्न अपुग हुन्छ ।
यस वर्ष पनि आलुको अहिले सम्मको अवस्था हेर्दा सन्तोषजनक रहेको र उत्पादनमा पनि गत वर्षको तुलनामा ३५ प्रतिशतले आलु वृद्धि हुने अनुमान गरिएको छ सूचना अधिकारी जैशीले भने ।
हिउँदे र वर्षे गरी दुई हिउँदे आलु असोज कार्तिकमा लगाएर माघ फागुनमा खन्ने काम हुन्छ भने वर्षे आलु फागुन चैत्रमा लगाउने र असार देखि भदौ महिनामा सम्म खन्ने काम हुन्छ । जिल्लाका सबै पालिकाहरूमा हिउँदे र वर्षे गरी दुई सिजनमा आलु खेती गरिन्छ ।
वडिमालीकाको ढम्कने क्रोध खप्तडटेडेदह पुरै गाउँपालिका गौमुलको अम्लिस अन्द्राणी त्रिवेणीको छतारा किम्नि पन्धारा हलानेवीय वुढीगंगाको जुवापानी सेलापाखा मुसी वुढीनन्दाको पाण्डुसैन, कुरु त्यसै गरी स्वामिकार्तिक हिमाली र जगन्नाथका लेकाली क्षेत्रहरू आलु उत्पादन हुने मुख्य क्षेत्रहरू हुन् ।
बाजुराको आलुको उत्पादन वर्षे सिजनमा हुने त्यही समयमा प्राय जिल्ला भरीकै बाटोहरू अवरुद्ध हुने भएकोले जिल्ला भित्रको बजारमा आलु ढुवानी गर्न पनि निकै समस्या छ भने जिल्ला बाहिरको बजारमा पठाउन पनि उत्तिकै समस्या छ कृषि ज्ञानेन्द्र प्रमुख गोविन्द सिजापतिले भने ।जिल्लामा हाल सम्म आलु भण्डारणको सुविधा नहुँदा उत्पादित आलु जसरी पनि बिक्री गर्नुपर्ने कृषकको बाध्यतामा सोचे अनुसारको मूल्य पाउन सकिरहेको छैन उनले थपे ।
बाजुरामा उन्नत र स्थानीय जातको आलु खेती गर्ने गरिन्छ यस मध्ये ८० प्रतिशत बाजुराको स्थानीय सेतो आलुको खेती गर्ने गरिन्छ जुन अर्गानिक पनि छ त्यसैले यो आलु खानमा निकै नै मिठो हुने भएकोले धनगढी काठमाडौँ र पोखराका उपभोक्ताले पनि निकै नै मन पराएको केन्द्र प्रमुख सिजापतिले भने ।
अर्गानिक आलुको व्रान्डीङ् र बजारीकरण, यातायातको सुविधा र भण्डारणको सुविधा हुन सकेमा कृषकहरूले आलु खेतीबाट राम्रो आम्दानी लिन सक्छन् सूचना अधिकारी जैशीले भने ।