- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । विद्युत् लाइन विस्तारका क्रममा करेन्ट लागेर बडीमालिका नगरपालिका-७ का ३३ वर्षीय मनबहादुर बिष्टको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका-६ जडनङ्गामा बिष्टलाई करेन्ट लागेको थियो ।
बडिमालिका नगरपालिका-६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामका बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको निरीक्षक कार्कीले जानकारी दिए ।