arrow

बाजुरामा निषेधाज्ञा  : केही खुकुलो बनाएर फेरी थपियो सात दिन  

logo
दयाराम पण्डित,
प्रकाशित २०७८ जेठ ३१ सोमबार
bajura-jeep-service.jpg

बाजुरा । बाजुरामा गत बैशाख २२ गते देखि जारी निषेधाज्ञा सोमवार पनि थपेर असार सात गते सम्म लम्ब्याएको छ । जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो पार्दै  एक हप्तासम्म थप्ने गर्ने निर्णय भएको हो ।

सोमबार दिउसो जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी असार ७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी द्वारा जारी गरिएको आदेश पत्रमा उल्लेख छ । 

कोभिड–१९ को सङ्क्रमणको दर क्रमशः घट्दै गएको तर पूर्ण रूपमा नियन्त्रण नआइसकेकोले कोभिड १९ सङ्क्रमण रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले वैशाख २२ गते बाट जिल्लाभर लागु भएको निषेधाज्ञालाई क्रमशः खुकुलो पार्दै असार ७ गते सम्म थप्ने निर्णय भएको अधिकारीले बताए ।

थपिएको निषेधाज्ञाको अवधिमा असार १ गतेबाट होटेल तथा मदिरा पसल र सैलुन बाहेक अन्य पसलहरू बिहान ६ बजेबाट १२ बजेसम्म खोल्न पाइने छ। फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फेन्सी र कपडा, निर्माण सामग्रीका पसलमा काम गर्ने व्यक्तिको अनिवार्य मास्क लगाएको हुनुपर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ