arrow

बलियो स्पेनको फितलो शुरूआत, स्वीडेनसँग अंक बाँड्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
euro-2020-spain-sweden.jpg

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा स्पेनले फितलो शुरूआत गरेको छ । स्पेन सोमबार रातिको खेलमा स्वीडेनसँग बराबरी खेलेको हो । स्पेनको सेभियामा भएको खेलमा घरेलु टोलीले गोलरहित बराबरी खेलेको हो । 

घरेलु मैदानमा बल पोसेसनमा पकड जमाए पनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो । अल्भारो मोराटा र जेरार्ड मोरेनोले गोल गर्ने उत्कृष्ट अवसर खेर फालेका थिए । 

त्यस्तै मार्कस बर्ग खाली नेटमा समेत गोल गर्न असफल भए । स्पेन ४–३–३ र स्वीडेन ४–४–२ को फर्मेशनमा खेलेको थियो । 

यो खेलपछि समूह ई मा स्लोभाकिया ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । स्लोभाकियाले सोमबार राति भएको खेलमा पोल्याण्डलाई पराजित गर्दै स्लोभाकिया विजयी भएको हो । 

युरोकपमा स्लोभाकियाको विजयी शुरूआत, पोल्याण्ड पराजित 

स्पेन १ अंकसहित दोस्रो तथा स्वीडेन १ अंकसहित तेस्रो स्थानमा रहेको छ । पोल्याण्ड पुछारमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ