- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाजुरा । निरन्तर बर्सातका कारण साँफे-मार्तडी ,मार्तडी—कोल्टी लगायत जिल्लाका ग्रामीण क्षेत्रका दर्जनौँ सडक अवरुद्ध बनेका छन् । तीन दिन यता परेको लगातार वर्षाका कारण जिल्लाका दर्जनौँ ठाउँमा बाढी पहिरो भए पछि लामो तथा छोटो दुरीका यातायात पूर्ण रूपमा बन्द भएका छन् । बाढी पहिरोका कारण सदरमुकाम मार्तडीको सडक सञ्जाल टुटेको हो । साँफे मार्तडी सडक खण्ड अन्तरगत मौरे, बल्दे, अम्कोट, तिपाडा , ओलेना ,नुनेपानी, लगायतका ठाउँ-ठाउँमा सडक माथिबाट पहिरो खस्दा तिन दिन देखि सडक अवरुद्ध भएको हो ।
मार्तडी-कोल्टी सडक अन्तरगत अनाई, बाउली खोलामा पानीको बहाव बढेपछि यातायात ठप्प भएका हुन् । त्यसै गरी मार्तडी थामलेख सडक अन्तरगत ठुली साँगु र भौनेरा नदीमा पानीको बहाव बढेपछि मार्तडी थामलेख तथा घटमुना गौमुल गाउँपालिका चल्ने यातायातका साधना बिच बाटोमै रोकिएका छन्। उक्त ठाउँमा पक्की पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको हो । उक्त ठाउँमा असोज कार्तिक यता सडक सञ्चालनमा ल्याउन नसकिने यातायात व्यवसायीले बताएका छन् । बल्दे ,आटिचौर सडक पनि बर्सातका कारण अवरुद्ध भएको छ । सुदूर पश्चिम प्रदेश सरकारका सडक आयोजना अन्तरगतका निर्माण गर्न लागेको सडकमा ठाउँ-ठाउँमा पहिरो खस्न थालेपछि सडक बन्द भएको हो ।
“साँफे-मार्तडी सडक खण्ड अन्तरगत पर्ने बुढीगंगा नगरपालिका-एक अम्कोटमा बर्षयाममा सधैँ पहिरो आउने गरेको छ । उक्त सडक खण्डको वैकल्पिक व्यवस्थापनका लागि तत्काल दिगो उपाय अरू केही नभएकाले पहिरो पन्छाउनका लागि स्काभेटर तयारी अवस्थामा राखिएको छ । भए पनि लगातारको वर्षाका कारण बाटो खुलाउन नसकिएको ” बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताए ।
साँफे-मार्तडी सडक खण्ड अवरुद्ध भएसँगै तिन दिन यता सवारी साधन आवतजावत पनि ठप्प भएका छन् ।लगातारको वर्षाका कारण ग्रामीण भेगका सडक समेत अवरुद्ध भएका छन् । स्थानीय तहले वातावरणीय असर प्रभाव मूल्याङ्कन नै नगरी खनिएका सडक बढी जोखिममा परेका छन् । त्रिवेणी, बुढीगंगा, खप्तडछेडेदह, गौमुल र मार्तडीका विभिन्न ग्रामीण सडकहरू अवरुद्ध बनेका हुन् त्यसै गरी बुढीनन्दा, हिमाली, जगन्नाथ र स्वामिकार्तिक गाउँपालिकामा निर्माण गरिएका ग्रामीण सडकहरू पनि अवरुद्ध बनेको छन् । यस वर्ष मनसुन छिटै सक्रिय भएकोले असार सुरु नहुँदै सबै सडकहरू अवरोध भएको खबर प्राप्त भएका छन् ।
यो वर्ष पनि वर्षाको समयमा मार्तडी देखि उत्तर दीक्षण , पूर्व पश्चिम सबै ठाउँका सडक बन्द भए पछि सदरमुकाम आवागमन गर्न पैदल यात्राको विकल्प छैन । सडक पहिरोका कारण छेदबिछेद हुँदै गए धनगढी लगायतका ठाउँबाट दैनिक उपभोग्य का सामग्री ढुवानीमा समेत समस्या हुने देखिएको छ बेपारी चक्र रोकायले दुखेसो गरे । जिल्लाका ठाउँ ठाउँमा बाढी पहिरो भएपछि पहिरोका कारण सदरमुकाम मार्तडी सम्मको सडक सञ्जाल टुटेको हो । घरमा अनाज छैन किनेर ल्याउने बाटो पनि छैन । कसरी जहान पाल्ने चिन्ता बढेको छ हिमाली एक का सुरलाल रोकायाले दुखेसो गरे ।
सोमबार बिहान बड्ढीगाड खोलामा बगेर बेपत्ता भएकी बुढीनन्दा नगरपालिका-३ लौठा रुखकी अन्दाजी ३६ बर्सिया मोतिकला ल्वार सोही खोलाको २० किलोमिटर तल फेला परेकी हुन् । मृतक ल्वारको मङ्गलवार नै पोस्टमार्टम गरी हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिसकेका प्रहरीले जनाएको छ । आइतबारबाट आएको लगातारको अविरल वर्षासँगै सोमबार बिहान खोलामा आएको बाढीले बगाउँदा ल्वारलाई बेपत्ता पारेको हो ।
त्यसै गरी त्रिवेणी नगरपालिका ५ किम्नीका घरे बुढाका १३ वर्षे छोरा कमल बुढा पनि आइतबार दिउसो किम्नी खोलामा बगेर बेपत्ता भएका हुन् । बालक बिक सोमवार सम्म फेला परेका छैनन् ।