arrow

ट्रकमा लुकाएको झन्डै एक क्विन्टल गाँजासहित हेटौँडाबाट ५ जना पक्राउ 

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ असार २ बुधबार
gaja-heatuda.JPG

हेटौँडा । मकवानपुर प्रहरीले झन्डै एक क्विन्टल लागु औषध गाँजासहित हेटौँडाबाट ५ जनालाई पक्राउ गरेको छ । ट्रकको सिटमुनि लुकाएर ल्याएको अवस्थामा हेटौँडा उपमहानगरपालिका ११ स्थित थानाभर्‍याङबाट ९६ किलो ४०० ग्राम लागु औषध गाँजा प्रहरीले फेला पारेको हो । 

मङ्गलवार राती १० बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष प्रहरी टोलीले मनहरी तर्फबाट हेटौडा तर्फ आइरहेको ना.२ ख ५५७९ नं. को कन्टेनर गाडीमा लागु औषध गाँजा ल्याई रहेको छ भन्ने सूचनाको आधारमा पूर्व पश्चिम लोक मार्ग सडक खण्डमा उक्त गाडिलाई रोक्न खोज्दा नरोकी भागेको र सो गाडिलाई पिछा गर्दै जाँदा हेटौँडा १० स्थित भुटनदेवी मोड नजिक फेला पारी चेकजाँच गर्दा गाडीको केविन भित्र चालक बस्ने सिट पछाडि फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजा भेटिएपछि चालक मकवानपुर मनहरी गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २५ को सन्तोष आले मगर, सह-चालक वर्ष २१ को मोसा घलान र गाडीमा रहेका मकवानपुर कैलाश गाउँपालिका वडा नं ०८ भार्ता बस्ने वर्ष २४ को उमेश लामालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त लागु औषध गाँजा कारोबारमा थप संलग्न व्यक्ति चितवन राप्ती नगरपालिका वडा नं. २ बस्ने वर्ष ३१ को विष्णु लामा र मकवानपुर कैलाश गाउँपालिका वडा नं. ८ बस्ने वर्ष २९ को रोशन मुक्तानलाई बुधवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने ५ जना, लागु औषध गाँजा र कन्टेनर गाडी अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ