arrow

सोह्र वर्षमा १८ उपाधि दिलाएर रियाल छाडे कप्तान रामोसले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
sergeo-ramos.JPG

काठमाडौं । स्पेनिश क्लब रियाल मड्रिडका कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । डिफेन्डर रामोसले क्लब छाडेको रियालले बुधबार पुष्टि गरेको हो । रामोशको बिहीबार बिदाई हुँदैछ । 

रामोसको क्लबसँगको समझौता यही जुन महिनाको अन्तिममा अन्त्य हुँदै थियो । त्यसअघि नै उनले क्लब छाडे । ३५ वर्षे रामोस रियालमा १६ वर्ष बसे । अर्थात् जवानी पूरै उनले रियालमा बिताए । 

उनी सन् २००५ मा अर्को स्पेनिश क्लब सेभियाबाट रियाल पुगेका थिए । उनले रियालका लागि ६७१ खेल खेले । उनले १०१ गोल गर्नुका साथै ४० गोलका लागि सहयोग गरे । 

उनले १६ वर्ष बसाईका क्रममा क्लबलाई ५ वटा ला लिगा लिग, ४ वटा च्याम्पियन्स लिग, ४ वटा फिफा क्लब विश्वकप र ३ वटा युएफा सुपर कप र २ वटा कोपा डेल रे जिताएका छन् । 

उनले क्लबसँग रहेर अन्तिम पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा गत महिना इंगलिश क्लब चेल्सीसँग २–० ले पराजित हुँदा क्लबका लागि खेलेका थिए । 

भेट्रान डिफेन्डरलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन वा पुरानै क्लब सेभियाले लिने सम्भावना रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ