arrow

युरो फुटबल: नेदरल्यण्ड्स र अष्ट्रिया दोस्रो जितको खोजीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
Euro-ned-aut-2020.jpg

काठमाडौं। युरो कप फुटबलको १६औं संस्करण अन्तर्गत नेदरल्याण्ड्सले अष्ट्रियाको सामना गर्दै छ भने नर्थ मेसोडोनिया युक्रेनसँग भिड्दै छ। नेदरल्याण्ड्स र अष्ट्रियाले आफ्नो पहिलो खेल जितेर तीन-तीन अङ्क हासिल गरिसकेका छन्। समूह सी मा रहेका यी टोलीबीचको प्रतिस्पर्धा रोमाञ्चक हुनेछ ।

नेदरल्यण्ड्सले युक्रेनलाई पराजित गरेको थियो भने अष्ट्रियाले नर्थ मेसोडोनिया विरुद्ध तीन अङ्क हासिल गरेको थियो। युक्रेन र नर्थ मेसोडोनिया आफ्नो पहिलो जितको खोजीमा हुनेछन् भने अष्ट्रिया र नेदरल्यण्ड्स थप तीन अङ्कको खोजीमा रहने छन्। नेपाली समय अनुसार शुक्रवार ००:४५मा दुई टोली खेल्दै छन्।

विश्व फुटबलमा बलियो मानिएको नेदरल्याण्डसको अष्ट्रिया विरुद्ध पछिल्लो ६ वटा खेलमा विजयी भएको छ। यही आँकडालाई हेर्दा पनि तीन अङ्कको दाबेदार नेदरल्याण्ड्स देखिएको छ। तर खेलमा इतिहासले काम नगर्न सक्छ । खेलको ९० मिनेटमा जुन टोलीले राम्रो र संयम भएर खेल्छ जित उसको पोल्टामा पर्ने गर्दछ।

नेदरल्यण्ड्सका मेम्फिस डिपेले सन् २०१३ देखि ६५ खेलमा २६ गोल र २२ असिस्ट गरेका छन्। यो आँकडाले उनी नेदरल्याण्ड्सका सबै भन्दा सफल खेलाडी मानिन्छन्। अष्ट्रियाले नर्थ मेसोडोनिया विरुद्ध निकालेको जित ठुला प्रतियोगिताका खेलहरूमा पहिलो हो । यो जितले अष्ट्रियाको मनोबल भन्ने उच्च रहनेछ।

आफ्नो पहिलो खेलमा पराजित युक्रेन र नर्थ मेसोडोनिया बीचको खेल रोमाञ्चक हुने आङ्कलन गरिएको छ। दुवै टोलीले तीन अङ्कका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपाली समय अनुसार बिहीबार साँझ १८:४५ बजे दुई टोली भिड्दै छन्।

सन् २०१६को युरो छनोट खेलमा दुवै पटक युक्रेन विजयी रहेको छ। युक्रेनका लागि एण्ड्री यारमेलेन्को हेर्न लायकका खेलाडी हुनेछन्। उनले अहिलेसम्म युक्रेनका लगि ४१ गोल गरिसकेका छन्। त्यसैगरि नर्थ मेसोडोनियाका ३८ बर्षिय गोरान पाण्डेवले राष्ट्रिय टोलीका लागि ३८ गोल गरिसकेका छन्।

त्यसैगरि समूह बीमा बेल्जियम र डेनमार्क भिड्दै छन्। नेपाली समय अनुसार बिहीबार २१:४५ बजे दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । बेल्जियम पहिलो खेल जितेर तीन अङ्कका साथ समूहमा पहिलो स्थानमा रहेको छ भने डेनमार्क पहिलो खेलमा फिनल्याण्डसँग पराजित भएको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ