arrow

बजेटको मुखैमा प्रशासकीय अधिकृतको अधिकार कटौती, रुष्ट हुँदै नगरपालिकाले दियो मन्त्रीलाई धन्यवाद 

logo
दयाराम पण्डित,
प्रकाशित २०७८ असार ३ बिहिबार
bajura-prasasan.jpg

 बाजुरा। बडिमालिका नगरपालिकाले सामान्य प्रशासन मन्त्री गणेश कुमार पहाडी र प्रधानमन्त्रीको कार्यालय लगायत दश निकायमा आक्रोश व्यक्त गर्दै बुधवार दिउँसो धन्यवाद पत्र पठाएको छ ।   असारमा आएर  बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद कोइरालाको एकाएक आर्थिक तथा प्रशासनिक अधिकार कटौती गरेको भन्दै मन्त्री पहाडी लगायत सम्बद्ध निकायमा साङ्केतिक धन्यवाद दिँदै पत्राचार गरेको हो ।

“नेपालको संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकार्य, सहअस्तित्व र सहयोग रहने त्रिकोणात्मक सम्बन्धमा रहने व्यवस्था छ । संविधानतः सङ्घीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम ल्याइसकेको छ । सबै प्रदेशले कानुन अनुसार नै असार १ गते सभामा नीति तथा कार्यक्रम र बजेट पेस गरिसकेको वर्तमान सन्दर्भमा स्थानीय सरकारले समेत असार १० गतेसम्म सभामा बजेट तथा कार्यक्रम पेस गर्नुपर्ने कानुनी बाध्यता छ । ” बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल र उप–प्रमुख कविता बिस्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

बडीमालिका नगरपालिकाको ६२ औँ कार्यपालिका बैठकको निर्णय अनुसार यही असार ७ गते नगर सभाको बैठक बस्ने निर्णय भएको ब्यहोरा जानकारी गराउँदछौँ पत्रमा लेखिएको छ। उक्त निर्णयअनुसार नगरपालिकाले टोल, वडा समिति हुँदै विषयगत समितिमा वृहत् छलफल गरी बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक निरन्तर चलिरहेको छ । यही बेला स्थानीय बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्य एवं नगर कार्यपालिका र नगर सभामा सदस्य सचिवको जिम्मेवारीमा रहनुहुने प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद कोइराला (उप सचिव) को अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नगरी मन्त्रालयको चलानी नम्बर २१५२ मिति २०७८।०३।०१ पत्रानुसार आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरिएको विषयको जानकारी प्राप्त भएकोले माननीय मन्त्रीज्यू लगायत सिंगो मन्त्रालयलाई नगरवासीका तर्फबाट धन्यवाद व्यक्त गर्दछौँ । पत्रको बेहोरामा लेखिएको छ । 

अधिकृत कोइरालाको मङ्गलवार दिउसो सामान्य प्रशासन मन्त्रालयबाट एकाएक आर्थिक तथा प्रशासनिक काग नगर्न भनी मङ्गलवार दिउसो परिपत्र आएको कर्मचारी श्रोतले बतायो । नगरपालिका यही असार सात गते नगर परिषद् गर्ने आन्तरिक गृहकार्यमा जुटिरहेको थियौँ कर्मचारीले भने । नगर परिषद्बाट पास गर्ने विभिन्न चरणका बैठक गोष्ठीमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू व्यस्त देखिन्थे । अर्को व्यवस्था नगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई सरुवा गर्दा जनताका काममा नराम्ररी असर परेको छ ”। नेविसंघ  कार्यवाहक अध्यक्ष जनक बहादुर थापाले भने ।  हिउँद भरी ऋण सापटी गरेर उपभोक्ताले काम गरेका छन् । विकास योजनाको पेस्की समेत उपभोक्ताले पाएका छैनन् । जनताले भुक्तानी लिने बेला मन्त्रालयले राजनीतिक पहुँचका आधारमा अधिकृतको अधिकार कटौती गरेको आरोप स्थानीय उपभोक्ताको छ । 

विगत वर्षदेखि बाजुराबाट नगरप्रमुख आएर उपसचिव स्तरको कर्मचारी लैजाने तर, बाजुराका निवर्तमान सांसद लालबहादुर थापाको टोली मन्त्रालयमा आएर कर्मचारीलाई थर्काउने सके आफू अनुकूलको कर्मचारी पठाउन निर्देशन गर्ने नसके पद रिक्त राख्ने गर्दै आएका थिए । नाम नभन्ने सत्रमा सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले भने । माननीय आएर थर्काउनुहुन्छ । हामी सामान्य कर्मचारीले हवस् भन्ने हो । माथिल्लो तहका सरह रु पनि चेपुवामा हुनुहुन्छ मेरो जिल्लामा मेरो अनुकूलको कर्मचारी पठाउन मलाइ सोध्न पर्दिन भनी माननीयज्यू हपार्छन् उनले भने । विगतमा पनि असारमा जनताको कामको चाप परेकै वेला अधिकृत योग्यराज अर्यालको सरुवा गराएका थिए । मेयर जनशक्ति भित्र्याउने माननीय चहार्ने काम विगतदेखि भएको छ महिला सङ्घ जिल्ला अध्यक्ष अमृता सिंहले भनिन् । गत चैत्र आठ गते मात्र अधिकृत कोइरालाको बडीमालिका नगरपालिकामा सरुवा भई आएका थिए। आएकै दिन त्रिवेणी नगरपालिकामा  सरुवा भएको थियो । गत वैशाख १७ गते कोइराला पुनः ताकेता पत्र आयो । असार एक गते आर्थिक प्रशासनिक अधिकार कटौती गरेर पत्र प्राप्त भएको नगरपालिका श्रोतले बताएको छ ।

कोइराला हाजिर हुनु पूर्व विद्यालय निरीक्षक रंगमल विकले निमित्त प्रशासकीय अधिकृतका रूपमा नगरपालिकामा काम गरेका थिए । यो नगरपालिकामा धेरै राजनीति भयो मलाई यहाँ बस्न मनै छैन कसरी नागरिक सेवा दिने ? बिनी रंगमल विकले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ