arrow

लगातार दोस्रो जितसहित नेदरल्याण्ड्स राउन्ड अफ सिक्सटिनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ४ शुक्रबार
euro-2020-netherlands1.jpg

काठमाडौं । लगातार दोस्रो जितसहित नेदरल्याण्ड्स १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनमा पुगेको छ । बिहीबार राति भएको खेलमा अष्ट्रियालाई पराजित गर्दै नेदरल्याण्ड्स एक खेलअघि नै राउन्ड अफ सिक्सटिनमा पुगेको हो । 

जोहन क्रुफ एरिनाको घरेलु मैदानमा भएको खेलमा नेदरल्याण्ड्स २–० गोल अन्तरले विजयी हुन सफल भयो । नेदरल्याण्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक एक गोल गरे  ।

खेलको ११ औं मिनेटमा डिपेले पेनाल्टीबाट  गोल गर्दै नेदरल्यान्ड्सलाई शुरूआती अग्रता दिलाएका थिए । अष्ट्रियाका कप्तान डेभिड अल्बाले पेनाल्टी क्षेत्रमा डेन्जललाई फाउल गर्दै लडाएपछि नेदरल्याण्ड्सले पेनाल्टी हान्ने अवसर पाएको थियो । 

खेलको ६७ औं मिनेटमा मालेनको पासमा डेन्जलले गोल गर्दै नेदरल्याण्ड्सलाई २–० ले जिताए । 

समूह सी को नेदरल्याण्ड्सले यसअघि युक्रेनलाई ३–२ गोल अन्तरले हराएको थियो । नेदरल्याण्ड्स समूहको शीर्ष स्थानमा रहेको छ । 

युक्रेन र अष्ट्रियाको समान ३–३ अंक छ । उत्तरी म्यासेडोनिया अंकविहीन हुँदै पुछारमा छ । म्यासेडोनियाले राउन्ड अफ सिक्सटिनमा पुग्ने सम्भावना गुमाउने निश्चित जस्तै भएको छ । 

युक्रेनद्वारा मेसोडोनिया पराजित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ