arrow

गलवान आक्रमणपछि आधा भारतीयले छाडे चिनियाँ सामग्रीको प्रयोग

logo
एजेन्सी
प्रकाशित २०७८ असार ६ आइतबार
china-goods-india-boycott.jpg
फाइल तस्बिर

काठमाडौँ। गलवान उपत्यकामा चीन र भारतबीच द्वन्द्व भएयता भारतीय नागरिकहरूले चिनियाँ सामग्री प्रयोग गर्न छोडेको बताएका छन्। भारतीय अनलाइन फार्म लोक्लसर्कल्सले सार्वजनिक गरेको एक सर्वेक्षणले झण्डै आधा प्रतिशत भारतीयले गलवान घटनापछि चिनियाँ सामग्री प्रयोग गर्न छोडेको देखाएको हो।

एक सर्वेक्षणअनुसार करिब ४३ प्रतिशत भारतीय उपभोक्ताले चिनियाँ सामग्री किन्न छाडेका हुन्। गत जुन १ देखि १० तारिखमा भारतका विभिन्न २ सय ८१ जिल्लामा १७ हजार ८ सय उपभोक्तामाथि सर्वेक्षण गरिएको थियो। सन् २०२१ को पहिलो क्वाटर जनवरीदेखि मेमा चिनियाँ आयात ४२ प्रतिशतले बढेको देखाए पनि त्यसमा मेडिकल सामग्रीको आयातमा मात्रै बढेको पाइएको छ।

चीनबाट आयात गरिएकोमा मध्यवर्ती सामग्री १२ प्रतिशत, ठुलो सामग्री २० प्रतिशत र उपभोक्ता सामग्री २६ प्रतिशत मात्रै रहेको पाइएको छ।

सर्वेक्षणका क्रममा सहभागीहरूलाई पछिल्लो १२ महिनामा कुन कुन चिनियाँ सामग्री खरिद गरियो भनेर सोधिएको थियो। यसको जवाफमा सर्वेक्षणमा सहभागीमध्ये ४३ प्रतिशतले कुनै पनि चिनियाँ सामग्री प्रयोग नगरेको बताएका हुन्।

सन् २०२० को जुनमा गलवान उपत्यकामा चिनियाँ र भारतीय सैनिकबीच भएको भिडन्तमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए। उक्त भिडन्तमा ४५ बढी चिनियाँ सैनिकको ज्यान गएको बताइएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ४५ बढीको दाबी गरे पनि चीनले भने पहिले कसैको पनि हताहती नभएको बताएको थियो। तर पछि तीव्र दबाबपछि आफूहरूका चार सैनिक मारिएको भनी स्पष्टीकरण दिएको थियो।

सर्वेक्षणमा सहभागी ३४ प्रतिशतले एक दुई वटा चिनियाँ सामग्री प्रयोग गरेको बताए। त्यस्तै ८ प्रतिशत सहभागीले तीनदेखि पाँच वटा चिनियाँ सामग्री प्रयोग गरेको बताएका छन्।

त्यस्तै ४ प्रतिशतले ५ देखि १० वटा चिनियाँ सामग्री किनेको, तीन प्रतिशतले १० देखि १५ वटा, एक प्रतिशतले २० भन्दा बढी र अर्को एक प्रतिशतले १५ देखि २० वटा चिनियाँ सामग्री किनेको बताए। ६ प्रतिशतले भने सर्वेक्षणमा सोधिएको प्रश्नको जवाफ दिन चाहेनन्।

गलवान घटनापछि भारतमा टिकटक, पब्जिजस्ता सयभन्दा बढी चिनियाँ एप माथिसमेत प्रतिबन्ध लागेको छ। त्यस्तै भारतमा बाइकट चीन अभियानसमेत सञ्चालन भएको थियो। यसबाट चीनलाई ठुलो धक्का लागेको देखिएको छ।

भारतीयहरू चिनियाँ सामान सस्तो हुने भएकाले पनि पहिले त्यही सामग्री खरिद गर्दै गएकामा अब भने गुणस्तरीय भारतीय सामानमा जोड दिन थालेकोसमेत बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ