arrow

पथरी शनिश्चरेका वडाध्यक्षलाई ज्यान मार्ने धम्की, काँग्रेसको आपत्ति

logo
मोरङ संवाददाता,
प्रकाशित २०७८ असार १० बिहिबार
pathari.jpg

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १० का वडाध्यक्ष सागर राईलाई ज्यान मार्ने धम्की दिने वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेनलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण गराएको छ । नेपाली काङ्ग्रेसले १० गते बिहीबार प्रेस विज्ञप्ति मार्फत नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सागर राईको सुरक्षाको माग गरेको छ । 

वडाध्यक्षले वडाध्यक्षलाई ज्यान मार्ने धम्की दिन्छ भने त्यो नगरमा जनताको सुरक्षा कस्तो होला प्रश्न चिन्न उब्जिएको छ । जनताबाट निर्वाचित वडाध्यक्षले वडाध्यक्षलाई कार्यपालिका बैठक भित्रै मापसे सेवन गरी धाक धम्की दिँदासम्म जनप्रतिनिधि चुइँक्क नबोल्नुले नगर भित्र कति बेथिति छ भन्ने प्रस्ट हुन्छ । एक वडाध्यक्षले कार्यपालिका बैठकमा नगर प्रमुख उप प्रमुख सहित सम्पूर्ण कार्यपालिका सदस्यलाई थर्काउने गरेको कार्यपालिका सदस्य बताउँछन् ।

आषाढ १० गते हुने ९ औँ नगर सभा मार्फत आर्थिक वर्ष २०७८/७९ का लागि पेश हुने नीति कार्यक्रम तथा बजेटका सम्बन्धमा छलफल गर्न मिति २०७८ साल आषाढ ७ गते बसेको नगर कार्यपालिका बैठकमा पथरी शनिश्चरे १ नं. का वडा अध्यक्ष बाबुराम एङ्देनले मादक पदार्थ सेवन गरी सम्मानित नगरपालिकाको बैठकमा उपस्थित भई उश्रृंखल व्यवहार प्रदर्शन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

 वडा नं. १० का अध्यक्ष सागर राईले नियमापत्ति गर्दा उल्टै मादक पदार्थ सेवन गरी बैठकमा उपस्थित भई असन्तुलित रूपमा प्रस्तुत भएका वडाध्यक्ष बाबुराम एङ्देनले बैठक स्थलभित्रै “म पथरीको डन हो, म जेपनी गर्न सक्छ, तँलाई यही सिद्धाई दिन्छु' भनी तल्लो स्तरको गाली गलौच र धाक धम्की दिनु र बैठकको अध्यक्षता गरिरहेका नगर प्रमुख दिलीपकुमार राई र उप प्रमुख यमुना विष्ट बास्तोला मैन हुनुले मेयर, उपमेयर र वडा अध्यक्षको प्रतिपक्षलाई पेलेर जाने नियोजित षड्यन्त्र भएको नेपाली काँग्रेस पथरी शनिश्चरे नगर समितिले महसुस गरेको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

 यस्तो विषम परिस्थितिमा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष सागर राईको सुरक्षाको माग गर्दै दोषी १ नं. वडा अध्यक्ष बाबुराम एङ्देनलाई सम्मानित बैठकमा मादक पदार्थ सेवन गरी सहभागिता जनाएको र अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएकोमा तुरुन्त कारबाही गरियोस् भनी प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ