arrow

नयाँ सत्रबाट युरोपेली फुटबलमा 'अवे गोल' हट्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
UEFA-Champions-League.jpg
फाइल तस्विर।

काठमाडौं। यसपालीको सत्रबाट युरोपमा हुने फुटबल प्रतियोगिताहरूमा 'अवे गोल'को फाइदा बन्द हुने भएको छ। अवे गोलको फाइदालाई युरोपको फुटबल नियामक संस्था (युईएफए)ले हटाउने निर्णय गरेको छ। सन् १९६५ देखि पाहुना टोलीले गोल गर्दा त्यसको भार बढी हुने गर्दथ्यो।

दुई टोलीबीचको खेलमा विपक्षीको मैदानमा गरेको गोलको महत्त्व बढी हुने गर्दथ्यो। दुई खेलमा अन्तिम गोल सङ्ख्या बराबर भए पनि विपक्षीको मैदानमा जसले बढी गोल गरेको छ त्यो टोली विजयी घोषित हुने गर्दथ्यो। यो नयाँ नियम पुरुष र महिला च्याम्पियन्स लिग, युरोपा, युरोपा कन्फ्रेन्स लिगमा लागु हुनेछ।

मे २०२१ मा युईएफएको क्लब हेर्ने समितिले उक्त प्रस्ताव गरेको र अहिले आएर बोर्डबाट उक्त प्रस्ताव स्वीकृत भएको बताइएको छ। अहिलेको नयाँ समयमा जहाँ मैदानको स्तर, उच्च पूर्वाधार र प्रविधिले राम्रो काम गरिरहेको समयमा नियम परिवर्तन गर्न आवश्यक रहेको बताइएको छ। 



नयाँ