arrow

लेह-लद्दाखमा झण्डै ५० हजार नेपाली श्रमीक, भारतीय अधिकारीहरुले बाँडे नि:शुल्क राशन !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
nepali in leh ladak.JPG

काठमाडौं । लद्दाखको लेह जिल्लामा स्थित ठिक्से गाउँमा रहेका नेपाली श्रमीकहरुलाई भारतीय अधिकारीहरुले नि:शुल्क राशन वितरण गरेका छन् ।कोरोना भाइरसको महामारीका बेला त्यहाँ रहेका नेपालीहरुलाई भारतीय अधिकारीहरुले नि:शुल्क राशन विरतण गरेका हुन् ।

भारतमका विभिन्न स्थानमा झैं लद्दाख राज्यमा झण्डै ५० हजार नेपाली श्रमीकहरु रहेका छन् । जसमध्ये धेरै जसो त्यहाँ स्थायीरूपमा बसोबास गरिरहेका छन् । करिब एक तिहाइ नेपालीको त त्यहाँ तेस्रो पुस्तासमेत बसोबास गरिरहेको छ ।

ठूलो नेपाली समुदाय रहेको क्षेत्रका केही नेपाली श्रमीकहरुलाई भारतीय अधिकारीहरुले राशनको व्यवस्था गरेको हो ।

भारतीय सुरक्षा र सरकारी अधिकारीहरुले उनीहरुको सुरक्षा एवं बसोबासका लागि सहयोग गर्दै आएका छन् ।यसअघि समेत यो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका लागि भारतीय अधिकारीहरुले विभिन्न किसिमको सहयोग गर्दै आएका थिए ।

लद्दाख क्षेत्र भारत, चीन र पाकिस्तानबीच विवादित रहिआएको छ । तर, भारतले भने, सो क्षेत्रका नागरिकहरुका लागि आवश्यक र अत्यावश्यक सेवाहरुको आपुर्ति गर्ने गरेको छ ।

भिडियो:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ