arrow

गोरखामा असार १९ गतेसम्म पुर्‍याइयो लकडाउन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
gandaki-province-corona.jpg

गोरखा । गोरखा जिल्लामा असार १९ गतेसम्मका लागि लकडाउन थप गरिएको छ । जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को आज बसेको बैठकको निर्णय अनुसार शनिवार राति १२ बजेदेखि थप हुने गरी पुनः सात दिन लकडाउन थप गरिएको हो । 

जिल्लामा गएको बैशाख २२ गतेदेखि लागू गरिएको लकडाउन पटक–पटक गरी यो छैटौं पटक थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले जानकारी दिए । 

जिल्ला भित्र कोरोना सङ्क्रमण रोकथाम, न्यूनीकरण र व्यवस्थापनका लागि लकडाउन थप गर्ने निर्णय भएको उनले बताए । 

लकडाउनको अवधिमा दैनिक उपभोग्य वस्तु, खाद्यान्य, तरकारी, दूध तथा माछा, मासु, कृषिजन्य वीउविजन मल पशुपन्छीको दाना बिक्री गर्ने पसल र वर्कसप भने बिहान ५ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।
यस्तै पाठ्यपुस्तक तथा स्टेशनरी पसलहरु तथा फेन्सी पसल, फर्निचर, अटोमोवाईल, मोटर पार्टस, जुत्ता पसल, प्रेस तथा फोटोकपी पसल, सुनचाँदी पसल, इलोक्ट्रिक, तथा इलोक्ट्रोनिक पसल भाडा पसल, टेलरिङ व्यवसाय लकडाउनका बेला बिहान १० बजेदेखि २ बजेसम्म खोल्न दिने निर्णय प्रशासनले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ