बाख्रा चराउन गएकी पाँच बर्षिया बालिकालाई खोलाले बगायो
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
410
Shares
डोटी । डोटीमा बाख्रा चराउन गएकी पाँच बर्षिया बालिकालाई खोलाले बगाएर बेपत्ता भएकी छन् । शनिवार दिउँसो दुई बजे जिल्लाको पूर्वीचौकी गाउँपालिका-४ स्थित गण्डीगाडले बगाउँदा सोही गाउँपालिका-४ का भीम मिजारकी छोरी मिनु मिजार बेपत्ता भएकी हुन् ।
बेपत्ता वालिकाको खोजी कार्यको लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरिक्षक नारायण दत्त बडुको नेतृत्वमा गएको टोली घटना स्थल पुगी सकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दान बहादुर मल्लले जानकारी दिए ।