arrow

पत्रकार गणेश पौडेलका परिवारलाई सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
ganesh-pariwar.jpg

पोखरा । कास्कीका क्रियाशील पत्रकार स्वर्गीय जगन्नाथ पौडेल (गणेश) का परिवारलाई पत्रकार महासङ्घले राहत स्वरूप आर्थिक सहयोग प्रदान गरेको छ । 

महासङ्घ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले पौडेलका जीवन संगीनि कृष्णमायालाई पौडेलको ४५ औँ दिनको पुण्य तिथि पारेर रु ७५ हजार सहयोग हस्तान्तरण गरेकी हुन् ।

कास्की शाखाबाट रु २० हजार, पत्रकार महासङ्घ केन्द्रबाट प्राप्त रु ३० हजार र प्रेस काउन्सिलबाट प्राप्त रु २५ हजार एकमुष्ट पौडेलको परिवारलाई हस्तान्तरण गरिएको शाखाका अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

क्रियाशील पत्रकार पौडेललाई गत वैशाख ३० गते कोरोना सङ्क्रमणबाट गुमाउनुपर्दा आफूहरू अत्यन्त दुःखित भएको बताउँदै अध्यक्ष भण्डारीले स्व पौडेलको परिवारजनसँग महासङ्घ सधैँ साथमा रहिरहने प्रतिबद्धता जनाइन् ।

पौडेलका बाँकी सपना पूरा गर्न र सदा स्मरणका लागि परिवारले गर्ने हरेक गतिविधिहरूमा महासङ्घको साथ र सहयोग रहने विश्वास भण्डारीले दिलाइन् ।
पत्रकार महासङ्घसँग मिलेर स्व पौडेलको स्मरणमा केही काम गर्ने योजना परिवारको रहेको कृष्णमायाले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ