arrow

तनहुँमा २४ गतेसम्म लकडाउन : सरकारी कार्यालय खुल्ने, गाडी नखुल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
Tanahu-hamrakura.jpg.jpeg

तनहूँ । तनहुँमा असार २४ गतेसम्म लकडाउन हुने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले असार २४ गतेसम्म लकडाउन थप गर्ने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा तनहुँ प्रशासनमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन अवधिमा तनहुँमा आगामी आइतबारबाट सरकारी कार्यालयले सेवा दिने भएका छन् । 

यस अघि प्रशासनले मागेको कार्ययोजना अनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै असार २० गतेबाट सरकारी कार्यालय, संस्थान, समिति, बैङ्क, बिमा लगायतका सेवा नियमित गर्ने प्रशासनले निर्णय गरेको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको सिफारिसका आधारमा आइतबारबाट ती सेवा नियमित हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

तर सार्वजनिक यातायातका साधन भने नखुलाइने भएको छ । तत्काल जोखिम कायमै रहेको उल्लेख गर्दै भन्दै सार्वजनिक यातायात नखुलाउने निर्णय भएको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ