arrow

बाँकेमा ६० दिनपछि गाडी सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
banke-road.jpg

नेपालगन्ज । बाँकेमा मङ्गलवारदेखि यात्रुवाहक सवारी साधन गुडेका छन् । दुई महिनापछि मङ्गलवारदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय बाँके प्रशासनले गरेपछि सडकमा यात्रुवाहक सवारी साधन गुडेका हुन् । 

जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएपछि मङ्गलवार बिजोर नम्बर भएका गाडी चलेका छन् । जोर अङ्क भएको दिनमा जोर नम्बर प्लेटका सार्वजनिक तथा निजी सवारी साधन र बिजोर अङ्क भएको दिनमा बिजोर नम्बर प्लेटका सार्वजनिक तथा निजी सवारी साधन चल्न पाउनेछन् । 

बाँके प्रशासनले कोरोना सङ्क्रमण घट्दै गए पनि जोखिम कायमै रहेको भन्दै हाललाई जोर–बिजोर नम्बर प्रणालीबाट सार्वजनिक तथा निजी सवारी साधनहरू चल्न दिने निर्णय गरेको थियो । सवारी साधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूर्ण रूपमा पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । 

दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढेपछि वैशाख १३ गतेदेखि बाँकेमा जारी निषेधाज्ञा खुकुलो बनाउँदै थप एक साता लम्ब्याएर असार २१ गतेसम्म पुर्‍याइएको छ । बाँकेमा पसल व्यवसाय सञ्चालनका लागि भने बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ । सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्था भने यसअघि नै सञ्चालनमा आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ