arrow

बुधवारदेखि भारी वर्षा हुने, शनिवारसम्म सतर्क रहन तनहुँ प्रशासनको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
weather-raining.jpg

तनहुँ । तनहुँ जिल्ला प्रशासनले बुधवारदेखि निरन्तर र भारी वर्षा हुन सक्ने भन्दै सतर्क रहन जिल्लावासीलाई आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै प्रशासनले बुधवारदेखि शनिवारसम्म वर्षा हुने सूचना प्राप्त भएको भन्दै बाढी, पहिरोलगायतका जोखिम देखिएकाले सजग रहन नागरिकहरूलाई आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालद्वारा जारी सूचनामा बाढी पहिरो हुने क्षेत्रमा नजान, नदी किनारमा नजान तथा पौडी नखेल्न भनिएको छ । खास गरी सेती, मादी, मर्स्याङ्दी तथा काली गण्डकी किनारमा नजान प्रशासनले सुझाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ