arrow

बालमैत्री अस्पतालमा भएको आगलागीमा चार जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
aaglagi-ko-news-aa.jpeg

काठमाडौं । महाराजगंजमा रहेको बालमैत्री अस्पतालमा मंगलबार दिउँसो भएको आगलागीमा परेर चार जना घाइते भएका छन् ।

बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा आगलागी भएको थियो । सो क्रममा निर्माण कार्यमा संलग्न तीन मजदुर र एक जना अस्पतालका गार्ड घाइते भएको बालमैत्री अस्पतालले जनाएको छ ।

उनीहरु मध्ये गार्डको अवस्था सामान्य छ भने अन्यको गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । तर कति क्षती भयो भन्ने आइसकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेनासहित बारुणयन्त्र पुगेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ