arrow

जनशक्ति अभावमा अस्पतालको सेवा प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ६ शनिबार
bhojpur-hospital.jpg

भोजपुर । जनशक्ति अभाव हुँदा भोजपुर अस्पतालमा उपकरण जनशक्ति अभावले प्रयोगमा आउन नसकेको जनाइएको छ ।

सदरमुकाममा रहेको एकमात्र सरकारी भोजपुर अस्पतालमा सङ्घीय सरकारको करिब रु दुई करोडको लागतमा सघन उपचार कक्ष (आइसीयू) तयार भएको छ ।

आइसीयू तयार भए पनि आवश्यक जनशक्ति अभावमा सञ्चालन गर्न नसकिएको अस्पतालका प्रमुख डा पवित्रा श्रेष्ठले बताए ।

डा श्रेष्ठले भने, “पाँच वर्ष अघि नै आइसीयू तयार भए पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन, करारमा पनि कर्मचारी राख्न सकिएको छैन ।”

नागरिकको स्वास्थ्यका लागि भएको प्रविधि प्रयोगमा आउनुपर्ने नागरिक समाजका संयोजक पर्शुराम तिवारीको भनाइ छ । 

उनले भने, “दुर्गमका अस्पतालमा सरकारले जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य सेवा प्रभावित भई रहेको छ, भोजपुर अस्पतालको समस्या यही हो ।”

जिल्ला अस्पतालमा भौतिक रुपमा सुविधा सम्पन्न हुँदै गए पनि आवश्यक जनशक्ति अभावका कारण समय र पैसा खर्च गरेर धरान, विराटनगर, काठमाडौँ जस्ता सुविधासम्पन्न अस्पताल जानुपर्ने बाध्यता अझै हटन सकेको छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ