- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी सीडीओलाई मुस्ताङ सरुवा गरिएको छ । उनलाई मुस्ताङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।
गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रजिअ हेरफेर गर्नेक्रममा अधिकारीलाई मुस्ताङको जिम्मेवारी दिइएको हो । गृह मन्त्रालयले मङ्गलवार साँझ धनकुटा, कञ्चनपुर, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो ।
मन्त्रालयका उपसचिव कृष्णप्रसाद पन्तलाई धनकुटाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । मन्त्रालयकै अर्का रामप्रसाद पाण्डेलाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिइएको छ ।
यस्तै, कञ्चनपुरका रामकुमार महतो सर्लाही पुगेका छन् भने धनकुटाका प्रजिअ वासुदेव दाहाल र सर्लाहीका हेमराज तामाङ मन्त्रालय तानिएका छन् ।
यसैगरी जुम्लाको प्रजिअमा मन्त्रालयकी उपसचिव विजया प्रसाईँलाई पठाइएको छ ।
जुम्लाका प्रजिअ भूपेन्द्र शाहीलाई गृह मन्त्रालय अन्तर्गतको विपद् प्राधिकरण पुर्याइएको छ भन रुकुम पूर्वका लागि उपसचिव लक्ष्मीप्रसाद बास्कोटालाई जिम्मेवारी दिइएको छ ।