arrow

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
prithivi-rajmarga.jpg

तनहूँ । अविरल वर्षाका कारण पहिरो झरेपछि अवरुद्ध तनहुँको थर्पूस्थित पृथ्वी राजमार्गको यातायात सञ्चालनमा आएको छ ।

आज बुधबार बिहान ६ बजे गाउँपालिकाको भवन बनाउन लागिएको स्थानमा पहिरो गएर थर्पू प्रहरी चौकी नजिकै लेदो झरेका कारण दुवैतर्फ यातायात अवरुद्ध बनेको थियो । पछि डोजर प्रयोग गरी लेदो हटाइएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

बिहान आठ बजेबाट यातायात आगमन नियमित बनेको तनहुँ उद्योग वाणिज्य संघ थर्पू बजार एकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ