टाटा मोटर्सको पिकअप खरिद गर्ने ग्राहकहरूलाई साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको बिना कुनै थप धितोको सहुलियत कर्जा
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
1.2k
Shares
काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालि र साङ्ग्रिला डेभलपमेन्ट बैङ्कबिच टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै धिताको सहुलियत कर्जा सम्बन्धी सम्झौता भएको छ।
यस सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङ्गको सिफारिस प्राप्त एक हजार ५ सय ग्राहकहरूले टाटा मोटर्स ब्रान्डका पीकअप र कार्गो गाडी खरिदका लागि साङ्ग्रिला डेभलपमेन्ट बैङ्कबाट बिना कुनै थप धितो अधिकतम ७० प्रतिशत कर्जा एक प्रतिशत भन्दा कम न्यूनतम सेवा शुल्कमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धिताको सहुलियत कर्जा
साङ्ग्रिला डेभलपमेन्ट बैङ्कबाट बिना कुनै थप धितो अधिकतम ७० प्रतिशत कर्जा
एक प्रतिशत भन्दा कम न्यूनतम सेवा शुल्कमा पाँच वर्षको कर्जा अवधिका लागि प्राप्त गर्न सकिने
देशभरि रहेका सम्पूर्ण सिप्रदी ट्रेडिङ्गका डिलर र साङ्ग्रिला डेभलपमेन्ट बैङ्कका सबै शाखाबाट कर्जा सुविधा उपलब्ध हुने
टाटाका गाडी खरिद गर्न इच्छुक उद्यमी र संस्थाहरूलाई सहज रूपले नेपाल राष्ट्र बैङ्कको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। इच्छुक ग्राहकहरूले पिकअपको लागि ९८०१९०९८९१ र कार्गोको लागि ९८०१०४२८९६ मा सम्पर्क गर्न सकिने कम्पनीले भनेको छ।
उक्त सम्झौता पत्रमा साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको तर्फबाट बैङ्कका चिफ क्रेडिट अफिसर रजित मास्के तथा सिप्रदी ट्रेडिङ्गको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका छन्।
सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रालिका देशभरि रहेका सम्पूर्ण डिलरहरू र साङ्ग्रिला डेभलपमेन्ट बैङ्कका सबै शाखाबाट कर्जा सुविधा उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ।