arrow

अपराजित दुई दावेदार इटली र बेल्जियम भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
Euro-bel-ita.jpg

काठमाडौं । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण अन्तर्गतको दोस्रो क्वार्टरफाइनल खेलमा उपाधिका दुई दावेदार बेल्जियम र इटली खेल्दै छन् । दुवै टोलीले उपाधि जित्ने होडमा यहाँसम्मको यात्रा तय गरेका छन् । समूह चरणमा अविजित रहेका दुवै टोलीको खेल रोमाञ्चक हुने निश्चित रहेको छ।

बेल्जियमले राउण्ड अफ सिक्सटिनमा सन् २०१६ को विजेता पोर्चुगललाई १–० गोलले पराजित गरेको थियो भने ईटलीले अष्ट्रियालाई २–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । ईटलीले यो प्रतियोगितामा १ गोल मात्र खाएको छ ।

सन् २०१६ को युरोमा बेल्जियम र इटली दुवै टोली क्वार्टरफाइनलबाट बाहिरिएका थिए । बेल्जियम वेल्ससँग ३–१ गोलले पराजित भएको थियो भने इटली जर्मनीसँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो ।

बेल्जियमले पछिल्ला १३ खेलमा ११ मा जित निकाल्दा दुई खेल बराबरीमा टुङ्गाएको छ । इटली पछिल्ला १२ खेलमा विजयी रहेको छ। दुवै टोलीको यो तथ्याङ्कले उनीहरू राम्रो लयमा रहेको स्पष्ट देखाउँछ । 

यही कारण पनि दुई टोली बीचको खेल घमासान हुने निश्चित रहेको छ। विश्व वरियतामा बेल्जियम पहिलो स्थानमा रहेको छ भने इटली सातौँ स्थानमा रहेको छ । यो प्रतियोगितामा दुवै टोली अपराजित रहेका छन् ।

बेल्जियमलाई क्वार्टरफाइनल खेलमा दुई खेलाडीको अभाव हुने सम्भावना रहेको छ। राउण्ड अफ सिक्सटिनमा अष्ट्रियासँगको खेलमा केविन डि ब्रुनी र एडेन हजार्ड घाइते भएर बाहिरिएका थिए। उनीहरूको स्वास्थ्य स्थितिबारे केही बताइएको छैन ।

युरोकपले नयाँ च्याम्पियन पाउने प्रवल सम्भावना, यस्तो छ समीकरण  

हजार्ड र केविन बेल्जियमका लागि प्रमुख खेलाडीहरू रहेका छन् । ईटलीका लागि भने रक्षापंक्तिका खेलाडी जर्जियो चिलेनी खेलमा फर्कने छन् । उनले पछिल्ला दुई खेल गुमाएका थिए ।

बेल्जियम रोमेलु लुकाकु हुन्जेल कुनै पनि हालतमा घुँडा टेक्ने मनस्थितिमा नपुग्ने विश्लेषण फुटबल पंडितहरु गर्छन् । यसपालि नयाँ च्याम्पियन बन्ने प्रवल सम्भावना रहेका अवस्थामा बेल्जियम त्यो दावेदार हुन सक्ने आँकलन पनि गरिएको छ । 

ठूला प्रतियोगिताहरूमा दुई टोलीबीच यो पाँचौं भिडन्त हो । यसअघिका चार भिडन्तमा २ मा इटली विजयी र दुई खेल बराबरीमा टुङ्गिएका थिए । पछिल्लो युरोमा ईटलीले बेल्जियमलाई समूह चरणको खेलमा २–० गोलले पराजित गरेको थियो ।

दुई टोलीबीको खेल नेपाली समय अनुसार शनिवार ००ः४५ बजे हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ