arrow

अवरुद्ध डुम्रे-बेंसीशहर सडकखण्ड सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
landslide-pahiro-road-blocked.jpg

दमौली । पहिरोका कारण अवरुद्ध भएको तनहुँको डुम्रे–बेंसीशहर सडकखण्ड आजदेखि पुनः सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै आएको पहिराको कारण बुधबार रातिदेखि अवरुद्ध भएको थियो ।  

भानु नगरपालिका–१ अधेंरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेर अवरुद्ध भएको थियो । धेरै ठाउँमा पहिरो खसेकाले अवरोध हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

“हिजो दिउँसो पहिरो हटाएर सडक चालु गराइए पनि बिहीबार राति फेरि पहिरो खसेको थियो,” उनले भने, “सबै पहिरो हटाएर सडकखण्ड चालु गराइएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ