arrow

पाँच विद्यार्थीद्वारा लालबन्दीमा मसाल जुलुस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
student.jpg

सर्लाही । सरकार विरुद्ध संघर्ष गरिरहेका विपक्ष गठवन्धनमा आवद्ध पाँच विद्यार्थी संगठनले आज शनिबार साँझ लालबन्दीमा मसाल जुलुस निकालेका छन् ।

नेपाली कांग्रेस निकट नेविसंघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमालेको माधव समूह निकट अनेरास्ववियू, जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट विद्यार्थी संगठन र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अखिल छैठौंले संयुक्त रुपमा मसाल जुलुस निकालेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेको विरोधमा निर्माण भएको विपक्ष गठवन्धनको केन्द्रीय विद्यार्थी संगठनहरुको निर्णय अनुसार मसाल जुलुस निकालिएको नेविसंघका नेता युवराज देवकोटाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ