arrow

एनआरएनए जापानमा  गुरुङको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
nrna-final.jpg

टोकियो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिता गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

उनले आइतवार यहाँ पत्रकार सम्मेलन गरी सन् २०२१–०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने केन्द्रीय समितिको सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताए ।

उनले नेपाल–जापानमैत्री सम्बन्ध थप सुदृढ गर्न कूटनीतिक तथा जनस्तरबाट पहल गर्ने, व्यवसायी, श्रमिक, पेशागत तथा अन्य क्षेत्रमा आबद्ध भएकाका लागि कानूनी, भाषागत एवं अन्य समस्यामा सहयोग गर्दै विभिन्नरुपमा जापानी क्षेत्रबाट पाउन सकिने अवसरको खोजीका लागि पहल गर्नेलगायत प्रतिबद्धता व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ