arrow

शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित, अव ५३ र ४३ ग्रेडमा उपलब्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
shivam.-53and43-grade.jpg

काठमाडौँ। नेपालमै पहिलो पटक नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएस–५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एनएस–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ। शिवम् यसअघि ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो।

५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमतिसँगै शिवम् सर्वोत्कृष्ट ओपीसी सिमेन्ट उत्पादन साथै विक्री वितरण गर्ने तथा एनएस क्वालिटी अर्वाड–२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ । ओपीसी सिमेन्ट मात्रै उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्ट निरन्तर गुणस्तरीय उत्पादनकै कारण सिमेन्ट जगत्मै पहिलो पटक एनएस क्वालिटी अर्वाड–२०१९ बाट सम्मानित भएको थियो ।

शिवमले गुणस्तरीय उत्पादनकै प्रतिफल स्वरूप फेरि एन.एस.–५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमतिसँगै आफ्नो निरन्तरको गुणस्तरीय उत्पादनलाई प्रमाणित गरेको छ।

प्रेस विज्ञप्ति जारी गर्दै शिवमले ‘आजको यस घडीमा शिवम् सिमेन्ट आफूप्रति सबैले गरेको भरोसाले बनेको यो सम्बन्ध युगौँ युग अटुट रहिरहने प्रतिबद्धता जाहेर गर्दछ’ भनेको छ ।

यसअघि नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–४९ प्रमाणीकरण गर्दै आइरहेको थियो । जस अन्तर्गत उत्पादित सिमेन्टहरू कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा उपलब्ध थिए । नेपालमा एनएस ४९ को मापदण्ड अनुरूप उत्पादन तथा बिक्री वितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणासहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको जनाएको छ ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्न एनएस–५७२ प्रमाणीकरण गर्नु अनिवार्य छ । जसका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तह तहमा चुनढुङ्गा, कच्चापदार्थहरू, उत्पादन प्रक्रिया, उत्पादित किङ्कर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याब परीक्षण समेतका आधारमा गुणस्तरको चेक गरी प्रमाणीकरण गर्ने प्रक्रिया रहेको छ ।

शिवमले भनेको छ, ‘यहाँहरूकै भरोसाले बनेको यो सम्बन्ध युगौँ युग अटुट रहिरहने छ प्रतिबद्धता सहित देशको विभिन्न ठुला ठुला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्त्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई यो अवार्ड प्रदान गरिएको छ । ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि गरेको छ ।’

शिवम् सिमेन्ट ‘भरोसा अटुट सम्बन्धको, गुणस्तरको पहिचान हो शिवम्, गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ तथा क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ जस्ता मूल नाराका साथ अगाडि बढिरहेको छ ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

शिवम्ले भनेको छ, ‘उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्यधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ