arrow

मोटरसाइकल र स्कुटर ठोकिँदा एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
death-1618215084.jpg

काठमाडौं। बौद्धमा मोटरसाइकल र स्कुटर ठोकिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध ह्यात गेट नजिक सडकमा बा ६४ प ८२६३ नम्बरको मोटरसाइकल र बा ६८ प ४२७५ नम्बरको स्कुटर एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार नुवाकोटकी १८ वर्षीय बिजा तामाङको आइतबार साँझ मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते तामाङको उपचारका क्रममा ओम अस्पताल चाबहिलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ