arrow

अमेरिकामा शारीरिक सुगठन प्रतियोगितामा उत्सव सिंहले जिते दुई स्वर्ण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
utshav-sing.jpg

काठमाडौं । अमेरिकामा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा नेपाली मूलका उत्सव सिंहले दुई स्वर्ण पदक प्राप्त गरेका छन् ।

उनी यसरी प्रतियोगितमा सहभागी भइ स्वर्ण पदक हात पार्ने पहिलो नेपाली मूलका खेलाडी हुन् । उक्त प्रतियोगिता टेक्ससमा भएको थियो ।

अमेरिकाको टेक्ससमा बस्दै आएका सिंह अमेरिकी पत्रिकाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । उनले मिस्टर युएसए २०२१ नेचुरल प्रो क्वालीफाईएर कम्पिटिसन् (प्राकृतिक प्रो योग्यता प्रतियोगिता)मा दुई वटा स्वर्ण पदक प्राप्त गरेका हुन् ।

सिंहले पुरुषहरुको फिजिक क्याटोगोरी र नोभिस क्याटोगोरी (शारीरिक वर्ग र नवदीक्षित वर्ग)मा प्रथम स्थान हासिल गरेका हुन् । यस्तो पदक जित्ने उनी पहिलो नेपाली हुन् ।

टेक्सस राज्यको ड्यालसमा बिगत सात बर्षदेखि बसोबास गर्दै आएका सिंहको पुर्खौली घर बुटवल हो । उनले अगस्त २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त गरेका थिए ।

उनी नेपालमा छँदा ७० केजी तौल समूहमा मिस्टर भक्तपुरमा तेश्रो स्थान प्राप्त गरेका थिए । उनले नेपालमा शारीरिक सुगठनको अन्य खेल खेलेका छन् ।

भक्तपुरमा भएको अर्को प्रतिस्प्रद्धामा मिस्टर बडी बिल्डिंग अफ द ईयरमा दोश्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागी हुँदा आफ्नो तौल समूहमा तेश्रो स्थान समेत भएका थिए । यसैगरी बुटवलश्री प्रतियोगितामा आफ्नो तौल समूह प्रतियोगितामा तेश्रो स्थान हासिल गरेका थिए ।जिएनएन 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ