arrow

दुई वटा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको ज्यान गयो, एक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
accident-tanahu.jpg

तनहुँ । तनहुँमा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । अर्का एक युवक घाइते भएका छन् । आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल ट्रकसँग ठोक्किंदा दुर्घटना भएको हो ।

दुर्घटनामा तनहुँ एक्लेफाँटका ३१ वर्षका दुर्गा भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै मोटरसाईकलमा पछाडि सवार स्थानीय १७ वर्षका साजन भुजेल घाइते भएको तनहुँ प्रहरीले जनाएको छ ।

डुम्रेबाट आँबुखैरनीतर्फ गैरहेको लु८प ८३५३ नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको ना६ख ६११८ नम्बरको ट्रकको पछाडि ठोकिएर पुनः आँबुखैरेनीतर्फ गैरहेको ना६ख ४४४७ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

घाइतेको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । मृतक भुजेलको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ