arrow

इसेवाबाट कुनै पनि बैङ्कको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
esewa-bank-transfer-free.jpg

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनै पनि सदस्य बैङ्कको किस्ता निःशुल्क तिर्न सकिने भएको छ। यो सुविधा असार २२ गते मङ्गलवारदेखि असार मसान्तसम्म लागु हुनेछ। यो अवधिमा इसेवाका कुनै पनि सदस्य बैङ्क तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले बताए।

उनले भने ‘इसेवाले जहिले पनि प्रयोगकर्ताहरूको हितमा काम गरिरहेको हुन्छ। अहिले कोभिड महामारीको अवस्था छ। अहिले असार मसान्त भएको हुनाले  बैङ्कको किस्ता तिर्नुपर्ने पनि हुन सक्छ। अर्को तर्फ डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा थोरै भए पनि लाभ होस् भन्ने उद्देश्यले हामीले निःशुल्क किस्ता तिर्न सकिने सुविधा दिएका हौँ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या करिब ४५ लाख रहेको छ। यसै गरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसङ्ख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको सङ्ख्या तीन लाख नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैङ्कबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैङ्क खातामा रकम पठाउन सकिन्छ।



नयाँ