arrow

तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन तनहुँ प्रशासनको अपिल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
marshyangdi-river-flood-photo-mero-lamjung.jpg

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले तीन दिन भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन अपिल गरेको छ । प्रशासनले बुधवारदेखि शुक्रवारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । बुधवार सूचना जारी गर्दै प्रशासनले नदी तथा खोला छेउछाउ नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले बुधवार प्रकाशन गरेको मौसम बुलेटिनअनुसार भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान हुन सक्ने हुँदा उक्त घटनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचना अनुसार बाढी पहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलनलगायतका कुनै पनि कार्य नगर्न र सेती मादी, त्रिशूली, मर्स्याङ्दी नदीलगायत खोलाको छेउछाउ नजान आग्रह गरिएको छ । 

कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको फोन नम्बर ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको फोन नम्बर ९८५६००११११ र प्रहरी उपरीक्षकको फोन नम्बर ९८५६०६५५५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ