arrow

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चालक गम्भीर 

logo
हरि पन्त, 
प्रकाशित २०७८ असार २६ शनिबार
tractor-accident.jpg

पोखरा । तनहुँको भिमादमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटना एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा घिरिङको पुट्टारका ५३ वर्षका यदुराज घिमिरे रहेका छन् । 

भिमाद नगरपालिका वडा नं ३ सेर्कामा लु १ त ७२०७ नम्वरको ट्याक्टर पल्टिएर सो दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टर चालक ३० वर्षका ऋषि अधिकारी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार घाइते अधिकारीलाई उद्धार गरेर उपचारका लागि पोखरा ल्याइएको छ । सात जना सवार ट्याक्टर दुर्घटना हुँदा घाइते २० वर्षीय यामबहादुर दरै लगायतको भिमाद स्वास्थ केन्द्रमा उपचार भइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ