- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यता छानविन समितिको काम कारवाहीबारे जानकारी लिएका छन् ।
शनिबार छानबिन समितिको कार्यस्थलमै पुगेर अवलोकन गर्दै छानबिन समितिका पदाधिकारीहरुसँग छलफल समेत गरेका छन् ।
पौडेलले छानबिन समितिका संयोजक रमेश लेखक, सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरीसँग छानविनको प्रगतिबारे जानकारी लिएका छन् ।
त्यस क्रममा नेता पौडेलले समयभित्र क्रियाशील सदस्यताको छानविन गरी सदस्यता विवाद तत्काल समाधान गर्न निर्देशन दिए ।