- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको विभिन्न जनवर्गीय संगठनमा सक्रिय दोलखाका कविराज थामी माओवादी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
विगत लामो समयदेखि माओवादी पार्टीको केन्द्रीय स्तरको जिम्मेवार पद सम्हालिसकेका थामीलाई सोमबार कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले कांग्रेसको सदस्यता प्रदान गर्दै स्वागत गरे ।
दोलखाको कालिन्चोक- ६ निवासी थामीले प्रजातन्त्रको मूल्य र मान्यतालाई आधार मान्दै बाँकी जीवन कांग्रेसमै विताउने प्रण गरी माओवादी परित्याग गरेको घोषणा गरे ।
कांग्रेसका दोलखा सभापति रुद्र खड्का तथा अन्य नेताहरुको उपस्थितिमा कोइराला निवासमा थामीले कांग्रेसको सदस्यता लिएका हुन् । दोलखा सभापति खड्काले थामीलाई खादा ओढाएर स्वागत गरेका थिए ।